भीमफेदीमा गठबन्धनको अग्रता

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
प्राप्त जानकारी अनुसार माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले  ४ सय ५ मत प्राप्त गरेका र नेकपा एमालेका हिदम लामाले ३१५ मत  प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत प्राप्त गरेका छन् भने एमालेकी पार्वती रानाले ३१५ मत ल्याउदै  पछ्याइरहेकी छन् ।

राजनीति स्थानीय