मनाङको चामेबाट एमालेको खाता खुल्यो, गाउँपािलका अध्यक्षमा घले विजयी

मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय तह सदस्य निर्वाचनमा जितको खाता खोलेको छ ।
एमालेका लोकेन्द्रबहादुर घले चामे गाउँपालिकाको अध्यक्षका रुपमा निर्वाति भएका छन् । घले ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा पनि घले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा विजयी भएकी छन् उनले ३२५ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा एमालेकी आशाकुमारी गुरूङ २७४ मत ल्याएर पराजित भईन् ।

मुख्य समाचार राजनीति समाचार