चितवनका सबै स्थानीय तहमा मतदान सकियो, मतगणना हिजो रातिदेखि

चितवन — चितवनका सात वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । मतदान सकिएर मतपेटिका सम्बन्धित पालिकामा ल्याउने काम थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा मतपेटिका संकलन भएपछि शुक्रबारै रातिदेखि मतगणना सुरु हुनेछ ।

 

सम्बन्धित पालिकाको केन्द्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइसकेपछि शुक्रबारै रातिदेखि मतगणना सुरू हुने निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार भरतपुर महानगरपालिकाको मतगणना शुक्रबारै रातिदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको छ ।

जिल्लामा ७० देखि ७५ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिकारीले जनाएको छ । जिल्लामा कुल मतदाता तीन लाख ९७ हजार छन् ।

 

राजनीति समाचार