चितवनको कालिका नगरपालिकामा एमालेको सुरुवाती अग्रता

चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर-१ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो ।
कालिकाको मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन्  भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी बिमला लामाले ८१ र नेकपा माओवादी केन्द्रकी सविता लामाले ७२ मत प्राप्त गरेकी छन ।

त्यस्तै वडा नम्बर-१ को अध्यक्ष पदमा नेपाली काँग्रेसका सन्तवीर स्याङ्तानले ९४ र एमालेका बुद्धि बोम्जनले ८१ मत प्राप्त गरेका छन ।

समाचार