राक्सिराङ-१ मा एमालेका उम्मेदवार विजयी

हेटौंडा। मकवानपुरको राक्सिराङ – १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।उनले ४६३ मत प्राप्त गर्दै विजयी भएक हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।

सदस्यहरुमा पुर्ण बहादुर मोक्तान,भीम बहादुर मुक्तान,महिला सदस्यमा आस माया थिङ,दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मामा विजयी भएका छन्। विजयी सबै एमालेका उम्मेदवार हुन।

 

राजनीति समाचार