फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, १७० रुपैयाँ प्रतिलिटर

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ । मुलुकमा स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
समाचार समाज