मकवानपुरको २० वटा वडाको नतिजा सार्वजनिक

हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते मकवानपुरमा सम्पन्न मतदानको नजिता सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच मकवानपुर जिल्लाको १० स्थानीय तहका २० वटा वडाको मतगणनाको नतिजा सार्वजनिक भइसकेको छ । आइतबार बिहानसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले ८ वटा वडामा अध्यक्ष जितेको छ भने ७ वटा वडामा माओवादी केन्द्र र ४ वटा एमालेले जित हासिल गरेको छ । मकवानपुर जिल्लामा १ सय २ वटा वटा वडा रहेका छन् । अहिलेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १, २, १८ र १९ को मतगणना चलिरहेको छ । कुनैपनि वडाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
इन्द्रसरोबर–१ मा सुवास थापा
इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
मकवानपुरगढी–१ मा आइत सिंह लो
मकवानपुरगढी–८ मा कुमार घिसिंङ
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
कैलाश–१ मा तेज बहादुर ब्लोन
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
मनहरी–१ मा शिव प्रसाद खनाल
राक्सिराङ–२ मा बुद्धराम मुक्तान

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
थाहा–१ म हेरमान गोपाली
मनहरी–२ मा राजकुमार पाख्रीन
बागमती–१ म यहुन्ना राई
भीमफेदी–३ मा पृति लाल लामा
थाहा–२ मा बमबहादुर सिंतान
बकैया–१ म आशिश तितुङ
बकैया–२ मा विश्वराज स्याङतान

नेकपा एमाले विजयी भएको वडाहरुः
राक्सिराङ–१ म बाबीराम मुक्तान
कैलाश–१० मा सूर्य बहादुर ब्लोन
भीमफेदी–२ मा काशी राम बज्यु
भीमफेदी–४ मा सागर पाण्डे

राजनीति समाचार समाज