बकैयामा दोस्रो महिला वडाध्यक्ष: कांग्रेसकी जिम्बा निर्वाचित

हेटौंडा। मकवानपुरको बकैया वडा नम्बर ५  ले पनि महिला वडाध्यक्ष पाएको छ।
कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेकी लक्ष्मी जिम्बा निर्वाचित भएसँगै मकवानपुरको बकैयाले फेरी महिला वडाध्यक्षले पाएको हो।
यस अघि बकैया-१० मा कांग्रेसकी कमला कुमारी  वाइवा वडाध्यक्षमा निर्वाचित भइसकेकी छिन्।
बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीले एमालेका उम्मेदवारलाई २७८ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।
उनले ८९३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार ले  ६१५  मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्यमा कांग्रेस नेतृत्व प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

समाचार समाज स्थानीय