हेटौंडा-६ मा नेपाली कांग्रेसका दाहाल बिजयी

हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
हेटौंडा-६ को वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद दाहाल विजयी भएका हुन् ।
उनी ३३ मतले विजयी भएका छन् । उनले ११८२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार विश्वराज राईले  ११४८ मत ल्याएका छन् । अध्यक्ष दाहाल संगै वडा सदस्यमा नेपाली नेपाली कांग्रेसका विजय पौडेल, नेकपा एमालेका लेखराज ढकाल, सरिता सापकोटा र मुना बिश्वकर्मा विजयी भएका छन् ।
४ हजार ७ सय ३० मतदाता रहेको वडामा ३ हजार ५ सय ४३ मत खसेको थियो ।

राजनीति समाचार समाज स्थानीय