महोत्तरीको बर्दिबासमा एउटा बाकसको मत नगन्दै विजेता घोषणा

काठमाण्डौं : महोत्तरीको स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो । बर्दिबासका १३ वटा वडाको मतगणना सम्पन्नपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप एउटा मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामांगले जानकारी दिइन्।


बर्दिबास–८ स्थित बेलगाछीको २ वटा मतपेटिकामध्ये एउटा मतपेटिकाको मात्रै मतगणना भएको र अर्को मतपेटिका अर्कै वडामा फेला परेको उनले बताइन् । उनले आजै मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै मतपेटिकाको खोजी नगरेकाले अन्य वडाका मतपेटिकासँग भूलवश छुटेको उनले बताइन् ।

मुख्य समाचार राजनीति समाचार