हेटौंडा-५ को वडा अध्यक्षमा सुशिल घिमिरे निर्वाचित

हेटौंडा । हेटौंडा उपमहानगरपािलका वडा नंबर ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सुशिल घिमिरे विजयी भएका छन् ।

घिमिरेले २ हजार ५३० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १ हजार ३९० मत ल्याए ।यसैगरि,स्वतन्त्र उम्मेद्वार विशाल राज महतले ४०२ मत ल्याउँदा राप्रपाका रामकृष्‍ण श्रेष्‍ठले ३२५ र नेपाल मजदुर किसान पार्टीका दिपेन्द्र श्रेठले ७ मत ल्याए ।

मुख्य समाचार राजनीति समाचार