सरकारी साधन नचढ्ने वडाध्यक्ष थापाको घोषणा

हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण गरेका छन्।

सोमबार दिउँसो पदभारग्रहण गर्दै वडाध्यक्ष थापाले सरकारले आफु दिने सवारी नचढ्ने र वडामा रहेको सामुदायिक विद्यालयका २४५ विद्यार्थीहरुलाई तत्काल निशुल्क विद्यालय पोशक दिने निर्णय गरेका हुन्।
पदभारग्रहणका उनले सराकारी सवारी नचढ्ने र  जेहनदार,गरिब र न्युन आय भएका र वडाभित्रको सामुदायिक विद्यालयमा अध्यययनरत २४५ विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउने उदघोष गरेका छन्।

म जनताको मन जितेर आएको हु,अब जनताको काममा लाग्छु,म हिजो कुनै राजनैतिक दलको थिए होला,तर आजबाट जनताको हु,त्यसैले मलाई राजनैतिक दलको ट्याग नलगाइदिनुहोला- वडाध्यक्ष थापाले भने।
वडाध्यक्ष थापा सहित अन्य ४ जना वडासदस्यलाई वडा सचिव भगवती रिमाल र कार्यालयका कर्मचारीले स्वागत तथा सम्मान गरेका थिए। थापा आसन्न स्थानीय तह सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए।

राजनीति