बागमती प्रदेशको कृषि मन्त्रालयद्वारा बजेटका लागि दिनहुँ सुझाब संकलन

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाद्वारा आगामी आर्थिक वर्षका लागि दिनहुँजसो सुझाब संकलनको काम भइरहेको छ । सम्वन्धीत क्षेत्रका बिज्ञहरुसंझको सुझाबका आधारमा बजेट तयार पार्न लागिएको हो ।

मन्त्रालयले हरेक दिनजसो बिभीन्न क्षेत्रका फरक व्यक्तिहरुसंगको छलफलबाट सुझाब संकलन गरेको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताउनुभयो । मन्त्रालयका मन्त्री, राज्यमन्त्री र कर्मचारीहरुले आफ्ना तरिकले बजेट निर्माण गर्नु भन्दा पनि बिभीन्न क्षेत्रका बिज्ञका सुझाबका आधारमा बजेट निर्माण गर्दा पछी कार्यान्यनमा पनि सजिलो हुने भएकाले हरेकदिनजसो सुझाब संकलनको काम गरिएको सचिब पाण्डेले बताउनुभयो ।

 

आज पनि मन्त्रालयले आगामी वर्षको योजना तर्जुमा निर्माण गर्नका लागि त्रिभुवन विश्व बिद्यालय, काठमाण्डौं विश्व बिद्यालय, कृषि तथा पशु विज्ञान बिश्वबिद्यालय र नेपाल कृषि अनुसंधान परिषद्संग अन्तरक्रिया मार्फत सुझाब संकलन गरेको हो । कार्यक्रममा सहभागिहरुले आगामी वर्षको वजेटमा समेट्नुपर्ने विषयहरु औल्याएका छन् ।

कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री वशुन्धरा हुमागाईं, राज्यमन्त्री इन्द्रमायाँ गुरुङ, सचिब डाक्टर शरण कुमार पाण्डे, कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधान, पशुपन्छी तथा मत्स्य विकास निदेशनालय हेटौंडाका निर्देशक मोत्रल प्रसाद साह लगायतका बिभीन्न क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो ।

यसैगरी मन्त्रालयले मकवानपुर र चितवनका पोल्ट्री क्षेत्रका किसानहरुसंग सुझाब संकलन गरेको छ । यसैगरी चितवन र मकवानपुरका दुग्ध उत्पादक किसानहरुसंग पनि छलफल गरिएको छ । बिभीन्न कृषि क्षेत्रका संघसंस्था, राष्ट्रिय कृषक महासंघ लगायतका क्षेत्रसंग अन्तरक्रिया गरेर सुझाब संकलन गरिएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । यसैगरी न्ेपाल भेटेनरी संघ, चितवनका केरा उत्पादक संघ, नेपाल मौरी पालक महासंघ, नेपाल च्याउ उत्पादक महासंघ लगायतका बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश समाचार