इन्धनको मूल्य वृद्धिविरुद्ध वाणिज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै विद्यार्थीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

इन्धनको मूल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनले संयुक्त रुपमा मंगलबार मन्त्री बडूलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

निगमले ८ दिनको फरकमा बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राखेर ज्ञापन पत्र बुझाएको पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘ज्ञापन पत्रामा तत्काल मूल्य वृद्धि खारेजीको माग प्रमुख रहेको छ,’ पराजुलीलले भनेका छन् ।

समाचार