भीमफेदीमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

हेटौंडा । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि प्रदेश राजधानी हेटौंडा र मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकामा समेत मूल्यवृद्धिको बिरोधमा प्रदर्शन भइरहेको छ ।

आज जिल्लाको भीमफेदी गाउँपालिकामा अनेरास्ववियु भीमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भीमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।

 

विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रेका थिए ।

सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

 

 

समाज