बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुँदै

हेटौंडा । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने भएको हो ।
प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ । यी अध्यादेशहरु संसद संचालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

 

प्रदेश समाचार बागमती प्रदेश राजनीति