भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन्। ‘त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं,’ उनले भनिन्।

 

दाहाल भरतपुरको मेयरमा पुन: निर्वाचित भएपछि काठमाडौं आएकी हुन्। उनी केही दिनयता खुमलटारमा बस्दै आएकी छन्।

 

राजनीति