गढी गाउँपालिकाको कार्यपालिकालाई पुर्णता, ६ जना सर्बसम्मत चयन

मकवानपुरगढी गाउँपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । निर्बाचन कार्यक्रम अन्तरगत आज मकवानपुरगढी गाँउ कार्यपालिका सदस्यको लागि ६ जना सर्ब सम्मतरुपमा चयन भए संगै कार्यपालिकाले पुर्णता पाएको हो । कार्यपालिका सदस्यमा नेपाली काँग्रेसबाट ४ जना नेकपा एमालेबाट १ जना र माओबादी केन्द्रबाट १ जना सर्ब सम्मत चयन भएका हुन ।
सर्बसम्मत कार्यपालिका सदस्यमा चयन हुनेहरुमा नेपाली काँग्रेसबाट पातली माया गोले, फुलमाया टुप्पा, नन्द कुमारी बिश्वकर्मा (सुनार), साबित्री बिश्वकर्मा , नेकपा एमालेबाट मन्जु कुमारी गोले योन्जन, नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिश्वकर्मा (केशव) चयन हुनु भएको छ ।
कार्यपालिका सदस्यमा सर्ब सम्मत चयन भएका सदस्यहरुलाई निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले प्रमाणपत्र बितरण गर्नु भयो भने मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले सपथग्रहण गराउनु भएको छ ।
सपथग्रहण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, नेपाली काग्रेस मकवानपुर गढी गाउँपालिका सभापति राजबिर मोक्तान लगायत गाउँपालिका कार्यालयका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
आजै निर्बाचनमा खटिने निर्बाचन अधिकृतको कार्यालयका कर्मचारीहरु, सुरक्षा कर्मी लगायतलाई पनि बिदाई गरिएको छ ।

मुख्य समाचार