गणतन्त्र दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना

हेटौंडा । गणतन्त्र दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले रक्तदान कार्यक्रम शुभारम्भ गरेका छन् ।
हेटौंडा अस्पतालको समन्वयमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य, राजनीति दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेको जनाइएको छ ।

समाज