मकवानपुरगढी-३ र ४ का जनप्रतिनिधिलाई रानीको स्वागत तथा सम्मान

हेटौंडा। हेटौंडा-६ चौंघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ।

बैशाख-३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी वडा नम्बर ३ र ४ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको हो।

समूहले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित मकवानपुरगढी -३ का वडाध्यक्ष भागवत घिमिरे,४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, मकवानपुरगढी-४ का वडासदस्य संगिता कुमारी परियार,धन बहादुर लामा,सानुकान्छा मुक्तानलाई स्वागत,बधाई एव सम्मान गरेको हो।

वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष घिमिरे र तिमल्सिनाले जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा  वन समूह सल्लाहकार बलराम अधिकारी,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,कामधेनु बहुउद्धेश्यीय ऋण सहकारी संस्थाका अध्यक्ष उदय विडारी,नौलो विहानी कृषि सहकारीका अध्यक्ष  भरत सापकोटा,वन समूह उपाध्यक्ष केशव धिताल, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो।

समाज