विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना

 

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको आयोजमामा विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

५० औं बिश्व बाताबरण दिवसको अबसरमा आज सोमबार हेटौंडा ११ थानाभर्याङ्ग स्थित सामुदायिक सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले बताउनुभयो ।

सप्ताहब्यापी कार्यक्रमको दोश्रो कार्यक्रमको रुपमा मंगलबार खानेपानी व्यवस्थापन बोर्डको संयोजनमा खानेपानी सरसफाई स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने टोल विकास संस्था नगर समन्वय समितिका सचिब देबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य