सुनचाँदीको भाउ घट्यो

हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।
मंगलबार सुन दुई सय रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको भाउ प्रतितोला १५ रुपैया घटेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी महासंघले जनाएको छ।

अर्थ