विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम

हेटौंडा / हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डको आयोजनामा विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

५० औं बिश्व बाताबरण दिवसको अबसरमा बिश्व बाताबरण दिवस मुल समारोह समितिको समन्वयमा आज मंगलबार हेटौंडा ४ स्थित रोयल प्यालेसमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरकृया कार्यक्रममा हेटौंडा खानेपानि ब्यबस्थापन बोर्डका सदस्य तथा बाताबरण तथा सरसफाइ बिद डा. कृष्ण धितालले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै हेटौंडामा खानेपानीको बर्तमान अबस्थाको बारेमा हेटौंडा खानेपानि ब्यबस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट र
खानेपानी तथा सरसफाइको अबस्थाका बारेमा खानेपानी तथा सरसफाइ उपभोक्ता नगर महासंघका अध्यक्ष भिमा गुरागाइले सहभागीहरुलाइ सहजीकरण गर्नुभएको भियो ।

कार्यक्रमका सहभागीहरुले खानेपानी, सरसफाइ तथा स्वच्छताबारे सरोकारवालाहरुलाइ प्रश्न गरेका थिए ।
खानेपानी ब्यबस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकाल, हेटौंडा ४ का वडा सदस्य गिता त्रिपाठि, समाजसेवी चन्द्रकान्ता श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, टोल बिकास संस्था नगर समन्वय समितीका सचिब देब कुमार श्रेष्ठ, कोषाध्यक्ष चन्द्रावती अधिकारी, सचिवालय सदस्य जुना मल्ल, सदस्यहरु शान्ती श्रेष्ठ, अन्जु अधिकारी, मनिषा घले, हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको तेश्रो कार्यक्रमको रुपमा बुधबार सामुदायीक बन उपभोक्ता महासंघको संयोजनामा राप्तीखोला सरसफाइ तथा टोल बिकास संस्था वडा समन्वय समिती हेटौंडा ८ को संयोजनामा हेटौंडा ८ राजपानी पार्कमा बृक्षारोपण कार्यक्रमको आयोजमा गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको जानकारी दिनुभयो ।

Uncategorized मुख्य समाचार शिक्षा समाज स्थानीय स्वास्थ्य