बर्सेनि सुर्तीजन्य पदार्थबाट २७ हजारको मृत्यु

हेटौंडा। नेपालमा सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा मंगलबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा निर्देशनालयका डाक्टर शम्भु काफ्लेले  नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्सेनि २७ हजारको मृत्यु हुने तथ्यांक प्रस्त्तुत गर्दै आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैमा आग्रह गरेका छन्।काफ्लेले नेपालमा धूम्रपान गर्नेको संख्या २०१९को तथ्याङ्क अनुसार  २८.९ प्रतिशत रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्ने  जानकारी गराएका थिए।
कार्यक्रममा सुर्तीजन्य पदार्थबाट बिश्वमा प्रत्येक बर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको बताइएको छ। काफ्लेले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐनको बारेमा सञ्चारकर्मीलाई अवगत गराएका थिए।
उनले सुर्तीजन्य पदार्थको न्यूनीकरणमा मिडियाको भुमिका महत्वपूर्ण रहने भन्दै उक्त भूमिका निर्वाह गर्न सन्चारकर्मीहरुलाई प्रस्तुतिकरण मार्फत जानकारी गराइएको थियो ।
स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, निर्देशनालयका शिव बडाल, नरेन्द्र कुमार झा,अधिकारकर्मी कपिला जोशीलगायतकाको सहभागिता रहेको थियो।

मंगलबार बिहान वागमती प्रदेश स्वास्थ्य निर्देशनालयका आयोजनामा सुर्तीजन्य पदार्थ त्यागौँ,स्वास्थ्य र वातावरण जोगाऔँ´ भन्ने नारा सहित हेटौंडाको मुख्य बजारमा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको थियो।

समाचार