क्यानविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदबारे अख्तियारमा क्यानविरुद्ध उजुरी परेको हो ।
क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाईमा विक्रि गर्दा टेन्डर आह्वान नगरेको भन्दै उजुरी परेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी जानकारी दिए । उनले यसबारे छानविन भईरहेको समेत बताए । क्यानविरुद्ध एभरेष्ट प्रिमियर लिग आयोजक र इपीएलका टिमका स्वामित्वकर्ताले उजुरी दिएका छन् ।

खेलकुद