टोल बिकास संस्था नगर समन्वय समितिद्वारा टोल बिकास संस्थाको क्षमता बिकास तालिमको आयोजना

 

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले टोल बिकास संस्थाका अध्यक्ष तथा पदाधिकारी लक्षित क्षमता बिकास तालिमको आयोजना गरेको छ ।

नगर समन्वय समितीले हेटौंडा उपमहानगरपालिका वडा नं १, २ र १० नं वडामा गठन भएका ३५ वटा टोल बिकास संस्थाहरुको अध्यक्ष, सचिब तथा कोषाध्यक्षहरुका लागि नेतृत्व बिकास तालिम कार्यक्रमको आयोजना गरेको हो ।

तालिममा टोल बिकास संस्थाको आबस्यकता, महत्व, नेतृत्व बिकास, उद्द्घोषण कला, भाषण कला, माइन्युट लेखन, बैठक संचालन, योजना छनौट प्रक्रियामा टोल बिकास संस्थाको भुमिका, टोल बिकास संस्थाको लेखा ब्यबस्थापन लगायतका बिषयमा गत जेष्ठ १४ गते देखि १६ गते सम्म ३ दिन सम्म सन्चालन गरिएको तालीममा टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सचिब देबकुमार श्रेष्ठ, प्रशिक्षक रिपेश दाहाल तथा बालकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

नगर समन्वय समितीका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको तालिमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया, विभिन्न वडाका जनप्रतिनिधिहरु तथा टोल बिकास संस्था नगर समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय