बलिउडका चर्चित गायक कृष्णकुमार केकेको निधन

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार  राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ । अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए ।

मुख्य समाचार