हेटौंडा ४ पारिजातपथमा कोकिजा ब्युटी पार्लर एण्ड टेनिङ्ग सेन्टर सन्चालनमा


हेटौंडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४, पारिजातपथ स्थित कोकिजा ब्युटी पार्लर एण्ड टेनिङ्ग सेन्टरको उद्घाटन गरिएको छ ।

पार्लरको बुधबार पार्लरकी संचालक रुपा अर्यालकी बुवा शंकर प्रसाद अर्याल र जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहालले एक कार्यक्रमबिच रिवन काटेर उक्त पार्लरको उद्घाटन गरेका हुन् ।

ब्युटिसियन सम्बन्धि तालिम र ब्युटिसियन सम्बन्धि सम्पुर्ण काम गर्ने उद्देश्यका साथै बेरोजगारीलाई रोजगार दिने अभिप्रायले पार्लर खोलिएको पार्लर संचालक (प्रोपाईटर) रुपा अर्यालले जानकारी दिनुभयो । संचालक अर्यालले पार्लर करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको पनि बताउनुभयो।

पार्लरको उद्घाटन कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका नेत्री गिता कडरिया मैनाली लगायतको ब्युटिसियनहरुको उपस्थित रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय