माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक भोलि

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावको समिक्षा गर्न भर्चुअल बैठक डाकेको छ । भोली शुक्रबार केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ । बैठक शुक्रबार बेलुका ६ पछिका लागि तोकिएको छ ।  नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता, महाधिवेशनका बाँकी काम सम्पन्न गर्ने, संघीय तथा प्रादेशिक चुनावको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार बिहीबार नवनिर्वाचित स्थानीय तह प्रमुख, उपप्रमुखको अभिमुखीकरण कार्यक्रमले समेत केन्द्रीय समिति बैठकलाई सहयोग पुग्ने देखिएको छ ।   शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो,मधेस प्रदेशको पूर्ण र जनवर्गीय संगठनलाई समेत पूर्णता दिने विषयमा गृहकार्य हुने बताएको छ । पार्टी कमिटी र जनवर्गीय संगठनले पूर्णता पाएमा आगामी असार १५ गते भौतिक रुपमा उपस्थित भई केन्द्रीय समिति बैठक बस्ने माओवादीको तयारी छ ।

मुख्य समाचार