‘प्रधानमन्त्री अफर गर्नेलाई धन्यवाद, तर म अहिले रेसमा छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि नेकपा एमालेका तर्फबाट आफूलाई प्रत्येक्ष अप्रत्येक्ष रुपमा प्रधानमन्त्रीको अफर आएको बताएका छन् । अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीको रुपमा अफर गर्नेहरुलाई धन्यवाद दिए । उनले अहिले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रष्ट पारे ।  ‘प्रधानमन्त्रीको अफर गर्नेलाई धन्यवाद तर म अहिले प्रधानमन्त्री बन्ने रेशमा छैन,’ प्रचण्डले भने । माओवादीले सोचेको जस्तो परिणाम नआएपनि राजनीतिक एजेण्डा र मुद्धाका हिसावले माओवादी अहिले पनि एक नम्बरको भएको दावी गरे । माओवादी एक नम्बरको पार्टी नभएसम्म देशको हितमा काम हुन नसक्ने तर्क गरेका प्रचण्डले अहिले कायम रहेको सत्ता गठबन्धन प्रदेश र संघीय चुनावसम्म जाने बताए ।  ‘भरतपुर सुरुदेखि नै अन्य राजनीतिक दलहरुको केन्द्रको रुपमा थियो । एमाले र काँग्रेस दुवैले अभियान नै संचालन गरेका थिए । त्यहाँको मेयर जित्नु चुनौतीपूर्ण थियो नै । गठबन्धन भित्र औपचारिक निर्णयमा माओवादी र रेनुलाई उम्मेदवारी दिनेमा कुनै अन्योल थिएन । त्यसैले हामीले सजिलै जितेका हौं । दलहरुभित्रको अन्तरविरोध र अघिल्लो कार्यकालमा विकास निर्माण र सुशासनमा उदाहरण पेश गरेका कारण पपुलर भोट आएको हो’, प्रचण्डले भने ।

मुख्य समाचार