हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबारे गठबन्धनले भ्रम छर्यो : वडा अध्यक्ष सिग्देल

हेटौंडा / नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देलले हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबारे गठबन्धनले भ्रम छरेको बताउनुभएको छ ।
अध्यक्ष सिग्देलले नगर कार्यपालिकाको बैठकलाई नेकपा एमालेले अवराेध गरेको तथा बैठक बहिस्कार गरेको भन्ने कुरा झुठो भएको र बैठकमा एमालेका प्रतिनिधिहरु उपस्थित भएनन् जस्ता भ्रमहरू गठबन्धनले फिजाईएको प्रती आपत्ती जनाउनुभएको छ ।

अध्यक्ष सिग्देलले उपमहानगरपालिकाको विहीबार बसेको पहिलो कार्यपालिका बैठकलाई नगर प्रमुख मिना लामाले सल्लाह र समन्वय बिना बैठक बोलाएको, बैठकको कार्य सूचिमा नभएका विषय बैठकमा प्रस्ताव गरेको, समन्वय,परामर्श र समझदारीकाे लागि पटक पटक आग्रह गर्दा नगर प्रमुख लामाले बैठकमा आफुले ल्याएको प्रस्ताब पास गर्ने कि न गर्ने धम्याउने गरेको र आफुहरुले सहमतीको लागि प्रयास गर्दा बैठक हुँदैन भनेर मेयर, उपमेयर सहित गठबन्धनका सदस्य आफैँ बैठकबाट उठेर हिँडेकाले कार्यपालिकाको बैठक हुन नसकेको बताउनुभयो ।

अध्यक्ष सिग्देलले सामाजिक संजाल फेसबुकले लेख्नु भएको स्टाटस :
सम्पूर्ण हेटाैँडाबासी आमाबुवा दाजुभाई दिदी बिहिनी,
बास्तविकता यस्ताे छ,
१.हामी सबै कार्यपालिकाका सदस्यहरू बैठकमा उपस्थिति भई, अल्पसंख्यक तथा दलित कार्यपालिका सदस्यकाे सपथग्रहण, राष्ट्रिय गान र परिचयात्मक कार्यक्रममा सहभागी भयाैँ ।
२. अहिलेकाे कार्यपालिकामा नेकपा एमालेकाे तर्फबाट ९ वडा अध्यक्ष र कार्यपालिका सदस्य ८ सहित १७ जना, गठबन्धनतर्फ नेपाली काँग्रेसकाे उपमेयर सहित ८ वडा अध्यक्ष, समाजवादीकाे मेयरसहित १ वडा अध्यक्ष, र माओवादी केन्द्रकाे १ वडा अध्यक्ष । गठबन्धनकाे कार्यपालिका सदस्य १२ जना गरि २९ जनाकाे कार्यपालिका छ ।
३. उल्लेखीत कार्यपालिकाकाे उपस्थिति र जनताकाे जनादेश ले कसैलाई एकलाैटी निर्णय र निर्देशन गर्न छुट छैन ।, हेटाैँडाबासीले उच्च समजदारीका साथ आगामी ५ वर्ष उपमहानगरपालिका चलाउनकाे लागि दिईएकाे जनादेश हाे याे ।
५. बैठक आफै बाेलाउने, कार्य सूचिमा नभएका विषय बैठकमा प्रस्ताव गर्ने, ५ वर्ष नगरपालिका सञ्चालनमा प्रभाव पार्ने समितिहरू गठनकाे लागि प्रयास गर्ने,समजदारीकाे लागि पटक पटक आग्रह गर्दा बैठकमा पास गर्ने कि न गर्ने धम्याउने, बैठक हुँदैन भनेर मेयर, उपमेयर सहित गठबन्धनका सदस्य आफैँ बैठकबाट उठेर हिँड्ने ।
६. तर बजारमा एमालेकाले बैठक अवराेध गर्याे, बैठक बहिस्कार गरे, बैठकमा उपस्थित भएनन् जस्ता भ्रमहरू फिजाईएका छन् । काेही भ्रममा नपर्न आग्रह गर्दछु ।
७. सकिन्छ, सहमति र समजदारीकाे आधार निर्णय गर्ने विषयलाई प्राथमिकता दिऔ, हाेईन भने बहुमतकाे निर्णय कार्यपालिकाकाे निर्णय हुन्छ । यसलाई स्वीकार्न तयार हुन हिम्मत गर्न हार्दिक अनुराेध छ ।
– म वडा अध्यक्ष र कार्यपालिका सदस्य मात्र नभएर व्यवस्थापनकाे विध्यार्थी भएकाे नाताले यसरी प्रथम कार्यपालिकाकाे बैठक हुननसक्नु नेतृत्वकाे अकार्यकुशलता, कमजाेरी र अकर्मण्डता भन्न सकिन्छ ।

मुख्य समाचार समाज स्थानीय