हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍यालीको आयोजना

हेटौंडा/ विश्व वातावरण दिवसका अवसरमा आज शनिबार हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍याली गरिएको छ ।

५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍यालीले हेटौंडा परिक्रमा गरेको थियो ।

उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले साइकल र्‍यालीको उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने, नगर समन्वय समितिका उपाध्यक्षद्वय सति न्यौपाने र गङ्गा प्रसाद पौडेल, महासचिव शिबहरि दाहाल, उपमहासचिव तथा हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, कोषाध्यक्ष चन्द्रावती अधिकारी, सदस्यहरु जुना मल्ल, अन्जु अधिकारी, ज्ञानेन्द्र देबकोटा, मनिशा घले, हर्करत्न लामा लगायत बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सप्ताहब्यापी कार्यक्रमको सातौं तथा बाताबरणी सचेतनामुलक बृहत् र्याली कार्यक्रम भोली शनिबार बिहान ७ बजे हुप्राचौरबाट बाताबरणमैत्री बृहत् बाताबरण र्यालीको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Uncategorized