शनिबार बर्षाका कारण स्थगित  खेल आज बिहान हुने

हेटौंडा । शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीचको खेल आज विहान ८.३० बजे हुँदैछ । 
हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार दिउँसोको लागी तय भएको खेल बर्षाका प्रभावित भएपछि आज हुन लागेको हो ।
हिजोदिनभर परेको भारि बर्षाका कारण प्रतियोगिता स्थल पिप्ले क्याम्पा रंगशाला जलमग्न भएपछि आयोजकले प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको थियो । एपीएफ र फ्रेण्ड्स बीचको खेल आज बिहान ८.३० बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । 
यसैगरी आज आइतबार दिउँसो भने नेपाल पुलिस क्लव र खुमलटार युवा क्लवबीच खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । 
प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

Uncategorized