नेकपा एकीकृत समाजवादीबाट यी नयाँ मन्त्री बन्दै

काठमाडाैं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका नेताहरुलाई  फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेकाे छ।आज पार्टीको सचिवालय समितिको बैठक बसी याे निर्णय गरेकाे हाे।

यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए।

उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्।

Uncategorized