बागमती प्रदेशका जिल्लाहरुमा देखियो अफ्रिकन स्वाइन फिभर, हाल सम्म १०१९ वटा सुंगुर तथा बंगुरको मृत्यु 

हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । हाल सम्म १ हजार १९ वटा सुंगुर तथा बंगुरको यो रोगबाट मृत्यु भइसकेको छ । कुखुरामा बर्डफ्लुरोगको संक्रमण बढ्दै गएको बेलामा अहिले भने फेरी अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

संक्रमणबाट हालसम्म काठमाण्डौको कागेश्वरी मनहरा, किर्तिपुर,चन्द्रागिरी, टोखा र दक्षिणकालीमा देखा परेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल, ललितपुरका प्रमुख डाक्टर राम प्रकास प्रधानले जानकारी दिनुभयो । यसैगरी ललितपुरको गोदावरी भक्तपुरको चाँगुनारायणमा यो रोग देखा परेको र सुंगुर तथा बंगुरको मृत्यु भएको हो । तीन वटै जिल्लामा जम्मा १ हजार १९ वटा सुंगुर तथा बंगुरको मृत्युभै सकेको तथ्याङ्क संकलन भएको भएपनि यसको दोब्बर संख्यामा बंगुर तथा सुंगुरहरुको मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

अफ्रिकन स्वाइन फिभर कस्तो रोग हो ?

अफ्रिकन स्वाइन फिभर बंगुर, सुँगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग हो। खोर वा फार्ममा रहेका शत प्रतिशत बंगुर्, सुँगुरहरू मार्न सक्ने हुनाले यो रोग आर्थिक हिसाबले महत्वपूर्ण छ। अफ्रिकाको रैथाने यो रोग युरोप हुँदै सन् २०१८ मा चीनमा देखिए पछी एसियाका विभिन्न्न मुलुकहरू हुँदै सन् २०२० को मे महिनामा भारतको आसाम राज्यमा देखा परेको थियो। यससँगै नेपालमा समेत यो रोगको जोखिम बढेको छ। यो भाइरस निकै प्रतिरोधी हुन्छ। यो भाईरस पशुबाट मानिसमा सर्दैन । त्यसकारण बंगुर, सुँगुर र बँदेल मरेमा वा मरेको थाहा भएमा नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाईन चेकपोष्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा यथाशीघ्र खबर गर्न पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका डाक्टर बबलु ठाकुरको सुझाब छ ।janapatra

Uncategorized