प्रहरीको गोली लागेर युवतीको मृत्यु भएको भन्दै बर्दियामा एकाबिहानैदेखि प्रदर्शन 

काठमाडौं । प्रहरीको गोली लागेर युवतीको मृत्यु भएको भन्दै बर्दियामा मंगलबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । 

मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारूको मृत्यु भएको थियो। 

उक्त स्थानमा बाघको आक्रमण बढेको र बाघलाई नियन्त्रणको माग गर्दै सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा नविनाको मृत्यु भएको थियो । 

स्थानीयले प्रहरीको गोली लागेर नविनाको मृत्यु भएको आरोप लगाउँदै आएका छन् । थारुको पोष्टमार्टमपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने प्रहरीले जनाएको छ । 

अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

मुख्य समाचार