बर्दिया गोलीकाण्ड छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्री बालकृष्ण खाँडले सोमबार बर्दियाको मधुवन नगरपालिका–२ मा भएको गोलीकाण्डको छानविन गर्न समिति गठन गरेका छन् ।  सोमबार गोली लागेर नबिना थारूको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निणर्यबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनगरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक ९सहसचिव० वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । बर्दियामा घाइते बाघको नियन्त्रणको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नविना थारूको मृत्यु भएको थियो । मानिसमाथि आक्रमण गर्दै आएको बाघ नियन्त्रण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको थियो । स्थानीयले प्रतिकार गर्दा १८ प्रहरी समेत घाइते भएको बताइएको छ ।

मुख्य समाचार