कपनस्थित धोबिखोलामा भेटियो बेवारिसे शव

काठमाडौं : कपनस्थित धोबिखोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।​ धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि निलो पुल अगाडि  ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरी वृत्तकी प्रहरी निरीक्षक कृष्णा बस्यालले जानकारी दिइन। 

शिक्षा