हेटौंडामा रहेको सन्चो हस्पिटलको अध्यक्षमा विजय पुडासैनी चयन

२४ जेठ,मक्रान्चुली- बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सन्चो हस्पिटल प्रा.लिको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विजय पुडासैनी चयन भएका छन् । हस्पिटल सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस अघि अस्पतालको अध्यक्षमा राजेश बानियाँ रहेकोमा  उनी हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भए पश्चात पुडासैनीलाई अध्यक्ष पदमा चयन गरिएको हो ।

अटो मोवाइलको क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि सक्रिय रहेका पुडासैनी स्वास्थ्य क्षेत्रमा पनि दूई वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका छन् । हस्पिटलको अध्यक्ष चयन भएपछि पुडासैनीले स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको सन्चो हस्पिटललाई मकवानपुरको नमूना हस्पिटल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

अध्यक्ष पुडासैनीले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने साथै गरिब र असहायलाई सहुलियत र निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । पुडासैनी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज