गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान नेता प्रकाण्ड र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो। त्यसक्रममा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्नो पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाइ गर्न गृहमन्त्रीसँग माग गरेका छन्।

थुनामा रहेका नेकपाका नेता कार्यकर्ताको कानुन अनुरुप मुद्दा फिर्तासँगै उनीहरुलाई रिहाइको लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रक्रिया सुरु गरिएको गृहमन्त्रीले जवाफ दिएको मन्त्री खाणको सचिवलायले जनाएको छ। thaha khabar

मुख्य समाचार