बिहानदेखि विद्युत हाइटेन्सन लाइनको तारमा झुण्डिए एक पुरुष 

काठमाडौं । नुवाकोटको ककनीमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। 

बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४४ वर्षीय माइला बिक बिहान १० बजेदेखि विद्युतको हाइटेन्सन् लाइनमा झुण्डिएर बसेका छन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीले उनलाई तल झार्न प्रयास गरेपनि अहिलेसम्म झार्न सकेका छैनन् । उनलाई प्रहरीले फकाउने प्रयास गरिरहेको छ । 

तल आए जस्तो गर्ने फेरी फर्केर माथि नै जाने गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

मुख्य समाचार