हेटौंडामा बसको ठक्करबाट अटो चालकको मृत्यु

हेटौंडा । हेटौंडामा बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।

आज बिहान हेटौंडा १५ रातोमाटे नजिक हेटौंडाबाट पतलैया जाँदै गरेको प्रदेश२–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना२अ ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाईते भएका सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि,अटोमा सवार हेटौंडा-१२ का ३५ वर्षीय सुवास सुनार घाईते भएको र उनको उपचार भईरहेको छ । अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।-khabarbreak

समाज