आयातमा ९० प्रतिशत कर छुटले स्यानिटरीमा स्वदेशी उद्योग खुत्रुक्कै


अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ। यसले गर्दा स्वदेशी उद्योग जोखिममा पर्ने भएका छन्। नेपालमा ४० भन्दा बढी स्यानिटरी उद्योग छन्। तिनको क्षमता वार्षिक ९० करोड उत्पादन गर्ने छ।

हाल ३० करोड मात्रै उत्पादन गरिरहेका छन्। केही आयातकर्ताको सेटिङमा स्वदेशी उद्योगलाई हतोत्साही गर्ने अभिप्रायले ९० प्रतिशत छुट व्यवस्था भएको व्यवसायीहरू गुनासो गर्छन्। सरकारले स्वदेशी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातमा भने ३० प्रतिशतसम्म भन्सार तोकेको छ । अन्नपूर्ण पोस्टबाट

अर्थ मुख्य समाचार