हेटौं । हेटौंडा-५ को पिप्ले रंगशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
भर्खरै सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी हात पारेको हो । यो संगै मकवानपुर गोल्डकपको उपाधी आर्मीले दोस्रो पटक हात पारेको छ ।
आर्मीले उपाधी शिल्डसंगै १५ लाख हात पारेको छ भने उपविजेता बनेको हेटौंडाले शिल्डसंगै १० लाख हात पारेको छ ।