एमाले सांसद योगेश भट्टराईले मागे अर्थमन्त्रीको राजीनामा 

अर्थमन्त्री जनार्थन शर्माको राजीनामा मागिएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीको राजीनामा मागेका हुन् । 

भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन ? प्रश्न गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।

यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।

मुख्य समाचार