मलको विषयमा छलफल गर्न संसद्‌मा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रस्तुत बजेटमाथिको छलफल स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । 

सोमबारको बैठकमा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग राख्दै आइतबार दर्ता गराएको स्थगनको प्रस्ताव सोमबार बैठकमा प्रस्तुत गरेर छलफल थालिएको हो ।

‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने प्रस्ताव भट्टराईले राखेका थिए ।

मुख्य समाचार