मकवानपुरगढी गाउँपालिकामा एमाले संसदीय दलको नेतामा घिमिरे चयन

३ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेले संसदीय दलको नेतामा भागवत घिमिरेलाई चयन गरेको छ । शुक्रबार बसेको एमाले मकवानपुरगढी गाउँकमिटीको बैठकले वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका घिमिरेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकले संसदीय दलको सचेतकमा वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनालाई छनौट गरेको छ ।

त्यसैगरी बैठकले एमाले संसदीय बोर्ड समेत गठन गरेको छ । बोर्डको अध्यक्षमा भागवत घिमिरे, सदस्य सचिवमा अर्जुन तिमल्सिना चयन भएका छन् । सदस्यहरुमा मन्जु योन्जन,बिदुर हुमागाइ,जित बहादुर घलान,सुमित्रा लामिछाने र रणकुमारी परियारलाई छनौट गरिएको छ ।

नेकपा एमाले मकवानपुरगढी गाउँकमिटी पदाधिकारी र जन प्रतिनिधीहरुको बैठक गाउँकमिटी अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना , जिल्ला सचिवालय सदस्यहरु बिदुर हुमागाई र मेम्बर लो, जिल्ला सल्लाहाकार परिषद अध्यक्ष बलराम हुमागाई, गाउँकमिटी सचीव नानीराम तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार