बागमतीमा सांसद विकास कोष खारेज 

बागमती प्रदेशमा सांसद विकास कोष खारेज भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त कार्यक्रम नआएको हो ।


आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले सांसदहरुको लागि कुनै पनि शिर्षकमा बजेट नआएको बताए । यसअघि सांसद विकास कोष हुँदै प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुको तजविजमा खर्च गर्नेगरी कार्यक्रम आउने गरेको थियो ।चालु आर्थिक वर्षमा ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिइएको थियो । बाग्मतीले यो आर्थिक वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चिँदैछ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइएको थियो ।यो आर्थिक वर्षमा भने सांसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ ।palika press

मुख्य समाचार