सुनको मूल्य तोलामा पाँचसयले बढ्यो 

नेपाली बजारमा शुक्रबार सुन तोलामा पाँचसयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार तीनसय रुपैँयामा कारोबार भइरहेको छ । 

महासंघकाअनुसार शुक्रबार चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थ