संस्कृति मन्त्री आले फेरि विवादमा, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका छन् । कार्यकारी अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई अश्लील गालीगलौज गर्दै कार्यकक्षमै हातपात गरेका हुन् ।

अन्नपूर्ण पोस्ट्‌ले सार्वजनिक गरेको अडियोमा पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील गालीगलौजसँगै हातपात गरेको सुनिन्छ । आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई गालीगलौच गर्दै हातपात गरेको पर्यटन मन्त्रालय स्रोतले जनाएको अन्नपूर्ण पोस्ट्‌ले समाचारमा उल्लेख गरेको छ ।

अडियोमा मन्त्रीको कार्यकक्षमा रहेका अर्का कुनै व्यक्तिले हातपात हुनबाट रोकेको सुन्न सकिन्छ । अडियोमा अधिकारी मन्त्री आलेको कार्यकक्षमा पुगेको र ढोका खोलेको सुनिन्छ ।त्यसपछि अधिकारीले मन्त्री आलेलाई नमस्कार गर्छन् । अनि मन्त्री आलेले ‘मोबाइल स्वीच अफ गर’ भनेको सुनिन्छ । त्यसपछि आलेले अधिकारीलाई के गर्छस् तैँले भन्दै (अश्लील) शब्दमा गाली गर्दै हातपात गरेको आवाज अडियोमा सुनिन्छ ।

हातपात गर्न थालेपछि मन्त्रीज्यू नगर्नुहोस् न प्लिज भनेर तेस्रो व्यक्तिले भन्छन् । तर, आले रोकिँदैनन् । अश्लील गाली गर्दै आलेले अगाडि भन्छन् तलाई सेन्टरमा तानिदिन्छु भोलि नै । अनि अधिकारीले फेरि भन्छन्- मिलाउँछु भनिसकेँ त मन्त्रीज्यू । मैले काम गर्छु भनेको छु, अब भइहाल्यो ।

तर, आलेले भन्छन्क-तिचोटि भन्ने तलाईं हँ रु अब पर्दैन, नगर् भन्दै फेरि गालीगलौज गर्छन् ।यसअघि कामको सिलसिलामा भारत बस्ने जगत ओली नामका युवालाई तथानाम गाली गर्दै खुट्टा भाँचिदिने धम्की दिएर आले विवादमा तानिएका थिए ।

पहिलो धम्की  : फोनबाट

केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे।  अधिकारी  : हेलो। आले  : हेलो। अधिकारी  : हजुर मन्त्रीज्यू, नमस्कार।  आले  : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न। अधिकारी  : किन नि ! के गरिनँ र ?

आले  : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म।  अधिकारी  : होइन, उ… माग्नुपर्‍यो नि त्यो तलबाट।  आले  : पर्दैन, पर्दैन माग्नु। पर्दैन।  अधिकारी  : … यति–यति चाहियो भनेर।  आले  : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।

दुई अडियोको शृंखला हेर्दा लाग्छ– सम्भवत : अधिकारी त्यसपछि मन्त्री आलेको कार्यकक्षमा गए।  (ढोका खुलेको सुनिन्छ। शायद त्यहाँबाट अधिकारी छिर्छन्।)

अधिकारी  : मन्त्रीज्यू, नमस्कार।  आले  : मोबाइल स्विच अफ गर् तेरो पहिला। स्विच अफ गर्। (खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।)  आले  : चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस् तैंले ? के  गर्छस् ? … (अति अश्लील शब्द)।  (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ)

अस्पष्ट आवाज  : मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। तेस्रो व्यक्तिको आवाज सुनिन्छ  : मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्। आले  : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)। अधिकारी  : मिलाउँछु भनिसकेँ त।  आले  : तैंले के गर्छस् ? अधिकारी  : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त।  आले  : कति चोटि भन्ने ? कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)

अधिकारी  : छैन, छैन। केही छैन।  आले  : स्विच अफ गरेर अगाडि राखिदे।  तेस्रो व्यक्ति  : अफै गर्दिनु ? हस्।-khabar break

मुख्य समाचार